काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा सोचेजस्तो परिणाम नआएको बताएका छन्।
ललितपुरमा पार्टीका जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रममा उनले वामपन्थी आन्दोलनको पहिलो र देशको दोस्रो पार्टी बन्छ भन्ने आंकलन गरेको भएपनि असफल भएको बताए।
प्रचण्डले भने, ‘स्थानीय तहको निर्वाचनमा सोचेको जस्तो पार्टीको पक्षमा परिणाम आएन। गठबन्धन र पार्टीको मेहनत अनुसार १७०-१७५ सिट आउँछ भन्ने लागेको थियो। एमाले पनि १६०-१७० तिर झर्छ भन्ने लागेको थियो। तर, हामी १२२ सिटमा सीमित भयौँ।’