मुगु — सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्याय हाजिर रजिस्टर दराजमा लुकाएर दसैं बिदामा घर गएका छन् । उपाध्याय नफर्किएपछि कर्मचारी हाजिरबाट वञ्चित भएका छन् । उनले हाजिर रजिस्टर सँगै दर्ता–चलानी रजिस्टरसमेत दराजमा राखेर उनी बिदामा गएका हुन ।
तिहार सकिएको लामो समय भइसक्दासमेत नफर्किएपछि कर्मचारीलाई हाजिर गर्न समस्या भएको हो । गाउँपालिका अध्यक्ष लोकबहादुर शाही कामविशेषले जिल्लाबाहिर गएपछि अधिकांश काम ठप्प छन् ।
प्रथम चौमासिक सकिए पनि गाउँपालिकामा कुनै पनि विकास निर्माणका काम सुरु हुन सकेका छैन्न कर्मचारीका अनुसार प्रशासनिक कामकाज समेत अवरुद्ध भएका छन् । हाजिर गर्न नपाउँदा कर्मचारी गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसँग रुष्ट बनेका छन । ’हाजिर लुकाएपछि केही कर्मचारी कार्यालयमा आउन छाडेको ४ नम्बर वडासचिव अर्जुन कार्कीले बताए ।
‘कर्मचारी नियमित छन्रछैनन् भन्ने हाजिर रजिस्टर नै हो, त्यो नै लुकाएपछि अफिस आउनुको के अर्थ ?’ उनले भने, ‘हाजिरको बारेमा अध्यक्षलाई सोध्दा भित्तामा हाजिर गर भन्छन ।