हलेसीमा बस दुर्घटना, एकको मृत्यु १४ गम्भीर घाइते !

फाइल फोटो

काठमाडौँ, हलेसीमा काठमाडौँबाट खोटाङको दिक्तेल आउँदै गरेको बस गए राति दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १४ गम्भीर घाइते भएका छन् ।

ना४ख ७४११ नं को चालक र सहचालकसहित १५ सवार उक्त बस हलेसी तुवाचुङ नगरपालिका-७ रिट्ठाबोटेमा  दुर्घटना भएको हो । मृत्यु हुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पाचिउरीडाँडाका ३२ वर्षीय प्रजबहादुर राई रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका राईलाई उपचारको लागी जिल्ला अस्पताल दिक्तेल ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताएका छन् ।

दुर्घटनामा परि घाइते भएकाहरु मध्ये चालकसहित सातलाई थप उपचारका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल पठाइएको छ भने अन्य छ जनालाई जिल्ला अस्पताल दिक्तेल ल्याइएको छ ।

इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक भुवनबाबु खड्काका अनुसार बस सडकबाट चिप्लिएर १५/२० मिटर तल झरेपछि कोल्टिएर अड्किएकाले ठूलो क्षतिबाट जोगिएको हो ।

प्रहरीका अनुसार सहचालक ओत हाल्न ओर्लिकाले दुर्घटनाबाट जोगिएको हो । दुर्घटनाका घाइतेको नाम अहिलेसम्म खुल्न सकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया