हर्क साम्पाङलाई साइबर अपराधको मुद्दा हाल्ने एमालेकी नेतृको चेतावनी

नेकपा एमालेकी नेतृ मञ्जु भण्डारीले धरानका मेयर हर्क साम्पाङलाई साइबर अपराधको मुद्दा चलाउने चेतावनी दिएकी छन्। उनले बराह सहकारी पीडितहरुलाई लिएर विवाद बढिरहेका बेला यस्तो चेतावनी दिएकी हुन् ।

बराह सहकारीपीडितको नाममा आफ्नो कार्यकक्षमा तोडफोड गरेपछि मेयर साम्पाङले यसमा भण्डारीसहित एमाले नेता कार्यकर्तातर्फ औँला ठड्याएका थिए।
यसलाई लिएर मेयर साम्पाङमाथि भण्डारीले आफ्नो फोटोसमेत दुरुपयोग गरी हुँदै नभएको कुराको आरोप लगाएको दाबी भण्डारीले गरेकी हुन्।

धरानका मेयर हर्क साम्पाङज्यू! बराह पीडितहरूसँगका तपाईंका प्रसंग जोडेर मेरो फोटो दुरूपयोग गर्ने र एमालेलाई लाञ्छित गर्ने काम किन गर्नु हुन्छ?’, उनले प्रश्न गर्दै भनेकी छन्, ‘तपाईंलाई साइबर अपराधबारे जानकारी नै नभएको त कसरी भनौँ?’

भण्डारीले लोकप्रियताका नाममा मेयर साम्पाङले होस गुमाएको आरोप पनि लगाएकी छन्। ‘नगर सरकारका प्रमुखले लोकप्रियताका नाममा होस गुमाउँदा नगरवासीको शीर निहुरिनेमा सजग बन्नु भयो भने मात्रै धरानवासीको मर्यादा उँचो हुने हो’, उनले भनेकी छन्।

उता मेयर साम्पाङले भने बराह सहकारी पीडितहरुले पीडितहरुलाई न्याय दिलाउन छानबिन समिति बनाएर प्रदेश सहकारीबाट रजिष्ट्रारलेसमेत अध्ययन गरिरहँदा कार्यालयमा आक्रमण भएको बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया