हर्क साम्पाङलाई पहिला भोट दिने, अहिले श्रम दिने धराने

धरान / धरानको निशाने खोला बगरमा सोमबार दर्जनौं मानिस थिए। कोही बालुवा ‌ओसार्दै थिए, कोही ढुंगा पल्टाइरहेका थिए। कोही गिट्टी कुटिरहेका, कोही बगर खनिरहेका थिए।

खानेपानी अभावको सास्ती सहेर बसेको धरानको तिर्खा मेट्ने मुख्य एजेन्डासहित मेयरमा निर्वाचित साम्पाङको त्यही सपना पूरा गर्न सयौं धराने चर्को घामकोसमेत पर्वाह नगरी खोला बगरमा श्रम गरिरहेका भेटिन्छन्।

‘भोट दिएर मात्रै हुँदैन नि, राम्रो काम गर्ने मान्छेलाई सघाउन पनि तयार हुनु पर्‍यो नि,’ ५३ वर्षीया बागमती राईले भनिन्, ‘छोराछोरीले घाममा नजानु भनेर रोक्न खोज्छन्, म त सधैं आइरहेकी छु।’

फेसबुकबाट तपाईको प्रतिक्रिया