काठमाडौँ, पांच दिन देखि हराएका युवक नुवाकोटको पूर्वी भेगमा रहेको कविलासमा मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार नुवाकोटको सदरमुकाम विदुरदेखि २० किलोमिटर पूर्वमा रहेको पन्चकन्या गाउँपालिका-२ कविलासका ३६ वर्षीय जनक तामाङ मृत फेला परेका छन् ।
चैत्र ९ गते शनिबार देखि आफ्नै घरबाट हराइरहेका तामाङ घरबाट दुई सय मिटर टाढा रहेको ठाडो खोल्सामा मृत भेटिएका हुन् । उनि आफ्नै छोरा संग बस्दै आएका थिए ।
शवलाई नुवाकोट जिल्ला अस्पताल विदुरमा पोष्टमार्टम गरिएको छ । नुवाकोट प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले घटना शंकास्पद रहेकाले उक्त घटनाको थप अनुसन्धान भैरहेको बताएका छन् ।