काठमाडौँ – हप्ताको पहिलो दिन आज सुनको मूल्य घटेको छ। गत हप्ताको शुक्रबार स्थिर रहेको सुनको मूल्य आज घटेको हो। नेपाली बजारमा आज सुनको मूल्य तोलामा ६ सय रुपैंयाँले घटेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुन प्रतितोला ९२ हजार ६ सय रुपैंयाँ र तेजाबी सुन ९२ हजार १ सय रुपैंयाँमा कारोबार भैरहेको छ।
गत हप्ता सुनको मूल्य
गएको हप्ता सुनको मूल्यमा अलि बढी नै उतारचढाव भएको थियो। छापावाला सुन ९२ हजार २ सय देखि ९३ हजार २ सय रुपैंयाँ सम्ममा कारोबार भएको थियो। त्यस्तै गत हप्ता तेजाबी सुन भने ९१ हजार ७ सय देखि ९२ हजार ७ सय रुपैंयाँ सम्ममा कारोबार भयो।
चाँदीको मूल्य
आज सुन मात्र नभई चाँदीको मूल्य पनि घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा चाँदीको मूल्य रु २५ ले घटेर १२ सय ९५ रुपैंयाँ कायम भएको छ।