हतियार सहित फेला परेकालाई तत्काल फ़ायरिङ गर्न सरकारको निर्देशन !

काठमाडौँ, नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आज फाल्गुन ३० गतेलाई नेपाल बन्दको विज्ञप्ती जारी गरे लगत्तै नेपाल सरकारले विप्लब माथि प्रतिबन्ध लगाएको थियो ।  प्रतिबन्धलाई वास्ता नगरेरै विप्लबले बन्द फिर्ता लिएको छैन ।

यसै बीच सरकारले सुरक्षा सतर्कता बढाएको छ । सरकारले हतियार बोकेर हिँडेको फेला परे तत्काल गोली हान्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । आजको कान्तिपुर दैनिकमा यो समाचार छापिएको छ ।

श्रोतका अनुसार आन्तरिक विज्ञप्ति मार्फत आएको यो सुचनामा, ‘हतियार सहित फेला परे तत्काल फायर खोल्नू ‘ भनिएको छ । यो कुरा बताउँदै एक प्रमुख जिल्ला अधिकारी भन्छन्, ‘ चन्द समूहका कार्यकर्ता हतियारसहित हिँडेको फेला परे घुँडामुनी गोली हान्नेसम्मको निर्देशन छ । ‘

बिना हतियार नै हिँडेको तर विप्लब समुहमा संलग्न रहेका कार्यकर्ताहरुलाई पनि जहाँ भेटियो त्यहिँ पक्राउ गर्ने सरकारले निर्देशन दिएको छ । सामान्य कार्यकर्ता माथि पनि उच्च निगरानी राख्न निर्देशन दिइएको बताउँछन् अधिकारी ।

फेसबुकबाट तपाईको प्रतिक्रिया