हङ्गकङ्ग मकाउ र चिनको अन्तर सम्बन्ध

लेखक : चक्र प्रसाद ढुंगाना

हङ्गकङ्ग मकाउ र चिन अन्तर सम्बन्ध

वर्तमान चिनको पुर्वमा दक्षिण चिन सागरमा अवस्थित टापुहरुबाट बनेको क्षेत्र हो हङ्गकङ्ग र मकाउ । यि क्षेत्रहरु आधुनिक चिनको अत्यन्त समृद्ध पर्ल नदी डेल्टामा अवस्थित छन् । यिनै क्षेत्रहरु चिनको वृहत आर्थिक करिडोर ग्वान्जोउ र सेन्झेन क्षेत्रसंग नजिकको सम्बन्ध राख्दछन् । त्यसैले यो समग्र क्यान्टोन षेत्रलाई आधुनिक चिनको वृहत आर्थिक क्षेत्रका रुपमा लिईन्छ । हङ्गकङ्गसंग जोडिएको सेन्झेन ईलाका चिनको प्रथम विशेष आर्थिक क्षेत्र हो । यसले हाल दु्रत गतिमा विकासको पथमा अगािड बढेको छ । खासगरी कम्प्युटर र ईलेक्ट्रोनिक ब्रँण्डमा विश्व ख्याति कमाउदै गएको यस क्षेत्रलाई एसियाको भ्यालीको रुपमा लिईन्छ । दोङ्गुवान, यान्तियान, बाओवान लागयतका आर्थिक क्षेत्रहरुको विकासले हङ्गकङ्गसंगको सिमानामा आर्थिक विकासको बेजोड नमुना देख्न सकिन्छ ।

यसै क्षेत्रसंग सिमाना जोडिएको ग्रटर वे एरियामा अवस्थित हङ्गकङ्ग र पर्ल रिभरको अर्को पट्टी अवस्थित मकाउ आज भन्दा केहि वर्ष अगाडि चिनियाँ भुमिमा समावेश थिएनन् । उक्त एरियाहरु चिनकै एक अभिन्न अंगका रुपमा रहेको भए तापनि त्याहा चिनियाँ कम्युनिष्ट पार्टिले शासन गर्दैन । त्यसैले हङ्गकङ्ग र मकाउको कानूनी अस्तित्व र मुल भुमि चिनसंगको अन्तर सम्बन्ध एक चासोको विषय हो । यसैलाई यस आलेखमा स्पष्ट पार्ने प्रयास गरिएको छ ।

चिनको प्रबेश द्धारको रुपमा रहेका पर्ल रिभर डेल्टामा अवस्थित हङ्गकङ्ग र मकाउलाई विगतमा व्रिटेन र पुर्तगालले कोलोनाईज गरेको थिए । हाल उक्त दुई क्षेत्र र ग्वान्जाउ शहर एक करिडोरको रुपमा विकसित भएका छन् । हङ्गकङ्ग विव्कै एक विख्यात व्यापारिक हव हो । यो एक विश्व विख्यात वित्तिय केन्द्र हो । यसलाई र्एसियाको लण्डनका रुपमा लिईन्छ । भने मकाउ विश्वकै एक ठुलो क्यासिनो उद्योगको रुपमा रहेको छ । लसभेगसको क्यासिनो उद्योग भन्दा पनि मकाउको क्यासिनो उद्योग ठुलो मानिन्छ । अव के हङ्गकङ्ग र मकाउ स्वतन्त्र देश हुन भन्ने प्रश्न सिर्जना हुन्छ । यस तर्फ विचार गर्दा यिनीहरु स्वतन्त्र देश नभई चिनको विशेष प्रशासनिक क्षेत्रका रुपमा रहेको छन् । त्यसैले यिनीहरु तुलनात्मक रुपमा स्वायत्त तर सार्वभौमसत्ता विहिन क्षेत्रहरु हुन ।

हङ्गकङ्ग र मकाउको स्वयत्तताको अवस्था हेर्ने हो भने तिनिहरुको स्वायत्तता अत्याधिक रहेको छ । मेनल्याण्ड चिनको कम्युनिष्ट शासन भन्दा यँहा शासन प्रणाली फरक रहेको छ । लोकतान्त्रिक शासन, बहुदलिय व्यवस्था र उदारिकृत अर्थ प्रणाली यिनको शासनका विशेषता हुन् । यँहा आफ्नै मुद्रा, अलग संविधान, कानूनी व्यवस्था, पुलिस, आत्प्रबासन प्रणाली समेत अलग रहेकोले पुर्ण स्वायत्तता उपयोग गरिरहेको छ । मिललिटरी र विदेश नीति बाहेह अरु सबै विषयहरुमा स्वायत्तता रहेको छ । यसरी हेर्दा ताईवान र हङ्गकङ्ग महाउको अवस्थालाई समान रुपमा लिन सकिन्छ । फरक के छ भने ताईवानले आफु नै मुख्य चिन भएको दावी गर्दछ ।

तर हङ्गकङ्ग मकाउहरु भने चिनको अधिकृत भुमिका रुपमा रहेको स्विकार्दछन् । त्यसैले हङ्गकङ्ग मकाउलाई चिनको मुलभुमिको अभिन्न भागका रुपमा मान्ने नीतिलाई एक चिन नीति भनिएको छ । विश्वका सबै देशहरुले यसलाई स्विकार गरेका छन् । अन्तराष्ट्र्रिय संगठनहरुमा समेत हङ्गकङ्ग मकाउलाई चिनको अभिनन अंगका रुपमा स्विकार गरिएकाले यसमा विवाद देखिदैन ।

चिनले यि दुई भुमिमा आफ्नो पिपुल्स लिवेरेन आर्मि तैनाथी गरेको छ । विदेश नीतिलाई चिन आफैले डिल गर्दछ । त्यसैले चिन र यि दुई विशेष प्रशासनिक क्षेत्रहरुमा शासन प्रणाली फरक रहेकोले एक राष्ट्र्र दुई शासन प्रणलीका रुपमा लिईन्छ । र यस व्यवस्थालाई अत्यन्त जटिल शासन प्रणालीका रुपमा लिईन्छ ।
एक राष्ट्र्र दुई प्रणालीको व्यवस्थाका पछाडिको कारण खो्तल्न ईतिहास तर्फ फर्कुनु पर्दछ । विशाल र समृद्ध चिनमा बेलायत लगायतका पश्चिमा देशहरुले व्यापारिक गतिविधिहरु बढाएका थिए । तर चिन आफैमा यति समृद्ध थियो कि पश्चिमाहरुकालागी चिनलाई विक्री गर्ने सामान केहि थिएन । व्यापार घाटा ठुलो रहेको थियो । चिनको समृद्धिको अगािड पश्चिमाहरु नतमष्तक हुन्थे । तर समय एकनास रहेन । सत्रौ शताव्दीको मध्यान् तिरबाट युरोपमा औदोगिक क्रान्ती शुरु भयो । यसले युरोपको शक्ति बढ्यो । व्यापारका लागि चिनजस्तो विशाल मुलुक उनीहरुका लागि अति आवश्यक भयोृ ।

यसै सन्दर्भमा भारतमा उत्पादिन अफिमलाई चिनमा विक्री गर्नका लागि ईष्ट ईण्डिया कम्पनिले ठुलो प्रयास गर्यो । केहिहदसम्म सफलता पनि पायो । यसबाट चिनियाँ जनतामा अफिमको लग यसरी बस्योका चिनियाँ जनता आफ्नो कामबाट विमुख भई अफिमकै लतमा डुवन पुगे । यो चिनियाँ सम्राटका लागि सह्य भएन । उनले अफिम रोक्न आदेश दिए । अफिमको प्रमुख व्यापारिक केन्द्र हङ्गकङ्ग र मकाउ थियो । सयौ जहाजहरु अफिम सहित त्याहा डक गरिएका थिए । चिनियाँ अधिकारीहरुले उक्त जहाजहरु चिन प्रबेश गर्न दिएनन् ।

यस्तो परिवेशमा १८३९ देखि १८४२ सम्म व्रिटेन र चिन विचमा भयंकर युद्ध हुन पुग्यो । यस युद्धलाई प्रथम अफिम युद्धका नामले चिनिन्छ । यो युद्धको समाप्ती १८४२ को नानकिन सन्धी बमोजिम भयो । सो सन्धी बमोजिम हङ्गकङ्ग पोर्ट चिनले बेलायतलाई दिनु पर्ने भयो । १८९८ मा भएको अर्को सन्धीले हङ्गकङ्ग लगायतका क्षेत्रहरु ९९ वर्षका लागि चिनले बेलायतलाई दिनु पर्यो । बासतवमा यो सन्धी एक भाडाको सम्झौता जस्तो थियो । यसरी नै मकाउ पनि ९९ वर्षका लागि पुर्तगाललाई दिईयो ।
हङ्गकङ्ग र मकाउले बेलायत र पुर्तगालको स्वामित्वमा अथाह प्रगति गरे । व्यापारिक नाकामा रहेकोले चिन प्रबेश गर्ने द्धारका रुपमा रहेका यि पोर्ट सिटिहरुले वित्तीय केन्द्रका रुपमा आफुलाई विकास गर्न भ्याए । विवेकशिल नेतृत्व, तुलनात्मक लाभको उपयोग, अन्तराष्ट्र्रिय सम्बन्धको उपयोग, वित्तिय क्षेत्रको सुधार र मानव संशासनमा जोड दिएकाले उक्त क्षेशरुले उल्लेख्य आर्थिक प्रगति गर्न सके ।

१९८४ मा सिनो व्रिटिश संयुक्त घोषणापत्रले बेलायतले हङ्गकङ्ग चिनलाई हस्तान्तरण गर्ने तर ५० वर्ष सम्ममा हङ्गकङ्गले आफ्नो मुद्रा, पुजिबाँदी अर्थतन्त्र, कानूनी प्रणाली, र उदारवादी शासन प्रणालीलाई कायम राख्ने शर्तमा सहमति कायम भयो । १९८७ मा पुर्तगालसंग पनि सोही प्रकृतिको ससहमति कायम भयो । यसले यि दुई क्षेत्रको स्वायत्ततालाई कायम गर्यो तर केवल ५० वर्ष सम्मका लागि मात्र । सो बमोजिम १९९७ मा बेलायतले हङ्गकङ्ग र १९९९ मा पुर्तगालले मकाउ चिनलाई हस्तान्तरण गर्यो ।

उपरोक्त व्यवस्था बमोजिम ५० वर्ष सम्म मात्र स्वायत्तता कायम हुने देखिन्छ । २०४७ देखि उप्रान्त हङ्गकङ्ग र मकाउको स्वायत्तता के हुने भन्ने अन्यौल नै छ ।
स्वायत्तताका वावजुत पनि हङ्गकङ्गको कार्यकारी प्रमुख निर्बाचनमा भाग लिनका लागि बेईजिङ्गको पुर्व अनुमति लिनु पर्ने नीतिका विरुद्धमा साना तिना क्रान्तीहरु भई रहेका छन् । २०१४ मा यसै सन्दर्भमा अम्रेला रिभ्योलुसन भएको थियो । तर यस्ता आन्दोलनलाई चिनले दवाउदै आएको छ ।

चक्र प्रसाद ढुंगाना

फेसबुकबाट तपाईको प्रतिक्रिया