स्वास्थ्य शिविरको लापर्वाही, पाठेघरको समस्यामा झाडापखाला र ग्यास्ट्रिकको औषधि !

साभार फेसबुक

काठमाडौँ, सोमबार शंखरापुर नगरपालिका वडा नंं. १ मा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा एक थरी रोगको औषधि अर्कै दिइएको पाइएको छ ।

सोही वडाकी स्थानीय सीतादेवी दंगाल पाठेघरको समस्या लिएर उपचार गराउन जाँदा डायरिया र ग्याष्ट्रिकको औषधी दिएर पठाएपछि उनका छोरा निरोज दंगालले आफ्नो समाजिक संजाल, फेसबुक अकाउन्टमा उक्त कुरा बताएका छन् ।

उनि लेख्छन्, ‘ हिजो शङ्खरापुर १ मा कति लाख बिनियोजितको सिबिर हो? अनावश्यक औसधि किन prescript गरियो ताकि मेरि आमा यस सम्बन्धि बिरामी नै हुनु हुन्न।यसमा पुगेको मानव स्वास्थ हानी प्रतीको जिम्मेवार को हो ? ‘

यसबारे बुझ्न खोज्दा नगरपालिकाकी उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठले गल्तीले त्यस्तो औषधी परेको हुनसक्ने बताइन् । उनि भन्छिन्, ‘ सुष्मा कोइराला अस्पतालबाट हाडजोर्नी सम्बन्धी दुई तीनजना डाक्टर जानुभएको थियो । पेट दुख्यो भनेको भएर डायरियाको औषधी दिएको होला ।’ उक्त शिविरमा डेढ सय भन्दा बढी व्यक्ति सहभागी थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया