काठमाडौँ / नेपालकी एक युवती अमेरिकाको सैनिक संगठनको उच्च तहमा पुगेकी छन् ।
उनको यो साहसले वीर गोर्खालीका सन्तानका रुपमा विश्वमा चिनिएका नेपालीले सोही छापलाई अझै प्रगाढ बनेको छ ।
अहिले पनि नेपालीहरु भारत, बेलायत, अमेरिकालगायतका सम्पन्न राष्ट्र र राष्ट्र प्रमुखहरुको सुरक्षार्थ तैनाथ हुने गरेका छन् ।
पछिल्लो समय नेपाली जवानहरु उच्च ओहदामा पनि पुग्ने गरेका छन् ।
यसैको एक उदाहरण हुन नेपाली चेली अस्मिता गुरुङ ।
उनी अमेरिकी सैनिकको उच्च ओहदामा पुगेकी छन् ।
स्याङ्जाकी अस्मिता अहिले अमेरिकाको अमेरिकन सैनिक संगठनको उच्च ओहदाको पद सेकेण्ड लेफ्टिनेन्ट पदमा नियुक्त भएकी छन् ।
स्याङ्जा जिल्लाको फेदीखोला ४ टोर्केमा जन्मेकी उनले आफ्नै गाउँमा प्रारम्भिक शिक्षा हासिल गरेकी थिइन ।
अस्मिताले पोखराको न्यू मिलिनियम बोर्डिङ स्कुलबाट एसएसली पास गरेकी थिइन भने सगरमाथा हाइयर सेकेण्डरी स्कुलबाट कक्षा १२ उत्तीर्ण गरेकी थिइन।
कक्षा १२ को अध्ययन सकेर उनि अमेरिका गएकी थिइन् ।
अमेरिकामा रहँदा उनले टेक्सासमा ब्याचलर अफ साइन्स ९नर्सिङ०मा स्नातक गरिन ।
त्यसपछि उनी विश्वकै वृहत सैनिक संगठनको लेफ्टिनेन्ट बनिन ।
उनले ९ मे २०१९ मा सपथ पनि लिइसकेकी छन् ।
उनका बुबा आइसबहादुर भारतीय सेनाबाट अबकास भएका हुन् ।






