प्रहरीले स्कुटर चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले काठमाडौँ महानगरपालिका–२७ ठमेलबाट उनीहरुलाई आज पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौँ नयाँ बानेश्वर बस्ने इलाम नगरपालिका–४ का २३ वर्षीय अरुण श्रेष्ठ, सङ्खुवासभाको खाँदबारी नगरपालिका–१२ का धिरेन कटुवाल र काठमाडौँ महानगरपालिका–३२ का २१ वर्षीय अनुप तिवारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले तीनै जनालाई स्कुटर चोरेर लैजान लागेको अवस्थामा पक्राउ गरेको हो ।
विचौलियाको काम गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जना पक्राउ
पर्सा, १९ असार,वीरगंज महानगरपालिका-१३ श्रीपुरस्थित यातायात व्यवस्था कार्यालय वीरगंजको सवारी शाखामा बिचौलियाको काम गर्ने कार्यमा संलग्न रहेको अभियोगमा वीरगंज महानगरपालिका-१५ लक्ष्मणवा बस्ने २० वर्षीय विनय कुमार गुप्ता समेत ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त कार्यालयमा बिचौलिया काम गरिरहेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।