सुर्खेतदेखि खाली खुट्टा हिँड्दै काठमाडौँ आइपुगेका बोहराले गरे ‘प्रचण्ड’सँग भेट

काठमाडौँ । सुर्खेतबाट खाली खुट्टा हिँड्दै राजधानी आइपुगेका अभियानकर्मी नवराज बोहराले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन्। करिब एक महिनासम्मको पैदल यात्रा पूरा गरी काठमाडौँ पुगेका बोहराले आज बिहान ‘प्रचण्ड’सँग भेट गरेका हुन्।

बोहरा वातावरण संरक्षण, कर्णालीको समग्र विकास, सुशासन स्थापनाका साथै अनियमितता र भ्रष्टाचारविरुद्ध जनचेतना फैलाउने उद्देश्यले राजधानी आएका हुन्। उनी आफ्नो व्यक्तिगत पहलमार्फत सरकार र राजनीतिक नेतृत्वलाई खबरदारी गर्न चाहन्छन्।

भेटका क्रममा अध्यक्ष ‘प्रचण्ड’ले बोहोराको अभियान माओवादी केन्द्रको सोचसँग मिल्दोजुल्दो रहेको उल्लेख गर्दै कर्णालीको समृद्धिका लागि आफुले सरकारमा रहँदा गरेका प्रयासहरूलाई उदाहरणस्वरूप प्रस्तुत गरे।
उनले बोहोराको उद्देश्यलाई सकारात्मक मूल्यांकन गर्दै अभियानलाई निरन्तरता दिन प्रेरणा दिए र साथ दिने प्रतिबद्धता समेत जनाए।

फेसबुकबाट तपाईको प्रतिक्रिया