सुदूर पश्चिमाञ्चल विश्वविद्यालय उपकूलपति, रजिष्ट्रार र प्रिन्सिपलको पेवा हो ?

फाइल फोटो

                               ठकुरीको समितिका १३ सदस्यले आफु समितिमा चयन गरिएको प्रति जनाए आपत्ति
-मनोज भट्ट
महेन्द्रनगर। सुदूर पश्चिमाञ्चल विश्वविद्यालयमा देखिएको प्राध्यापकहरुका गुट–उपगुटहरु माथि प्रश्न चिन्ह खडा भएको छ । मंगलवार मात्रै बीरबहादुर सिंह ठकुरीको संयोजकत्वमा गठन गरिएको सुदूर पश्चिमाञ्चल विश्वविद्यालय प्राध्यापक संघ आम सर्वसाधारणको थप शंकाको घेरामा परेको छ । ठकुरीको संयोजकत्वमा केन्द्रीय क्याम्पस लगायतका १४ वटै आंगिक क्याम्पसका प्राध्यपकको भेलाबाट ५५ सदस्यीय तदर्थ समिति गठन गरिएको थियो ।

यहि १९ पुसमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका प्राध्यापक यज्ञराज पाठकको संयोजकत्वमा समेत ३९ सदस्यीय तदर्थ समिति गठन गरिएको थियो । उक्त पाठक नेतृत्वको तदर्थ समितिका लागि मंगलवार मात्रै गठन गरिएको तदर्थ समितिका सदस्यहरुले हस्ताक्षर समेत गरेर सहयोग गर्ने जनाएका थिए ।

विश्वविद्यालयमा रहेका विकृति र विसङ्गतिको अन्यगर्नका लागि विभिन्न पक्षहरु बाट पहल भइरहेका बेला प्राध्यापकहरुले समस्या सामाधानका लागि ६ पुसमा ७४ जना प्राध्यापकहरुको भेलाले माघ १० भित्र एकाईको निवार्चन सम्पन्न गर्ने भनेर यज्ञराज पाठको नेतृत्वमा नौं सदस्यीय समिति समेत गठन गरेको थियो । पहिले मानबहादुर चन्दको संयोजकत्वमा गठन गरिएको १९ सदस्यीय समिति र पाठकको ९ सदस्यीय समितिलाई समायोजन गरी १५ आटै क्याम्पसको प्रतिनिधित्व हुने गरि ११ सदस्य थप गरिएको थियो ।

सोहि अनुरुप १९ पुसमा विश्वविद्यालयका ८५ जना प्राध्यापकहरुको भेलाले पाठकको संयोजकत्वमा ३९ सदस्यीय तदर्थ समिति गठन गरेको थियो । तर मंगलवार पनि पाठककै समिति भित्र रहेका सदस्यहरुलाई समेत चयन गरेर ठकुरीको संयोजकत्वमा ५५ सदस्यीय तदर्थ समिति गठन गरियो । ठकुरीको नेतृत्वमा गठन गरिएको समितिमा ६० प्रतिशत व्यक्तिहरु पाठक नेतृत्वका रहेका छन् । ती सबैको नाम काल्पनिक ढङ्गले राखिएको पाठक नेतृत्वको दाबी छ ।

विश्वविद्यालयमामा व्याप्त विकृति र विसङ्गतिको अन्त्य गरी प्राज्ञिक वातावरणको निमार्ण र पेशागत हकहितको रक्षाका लागि गठन गरिनुपर्ने कार्य अगाडि बढिरहेका बेला केहि स्वार्थी तत्वहरुले समानान्तर प्राध्यापक संघको गठन गरेको नाटक मञ्चनने प्राज्ञिकताको नै खिल्ली उडाइरहेकोले भन्दै नेपाल राष्ट्रिय प्राध्यपक संगठन, प्रगतिशील प्राध्यपक संघ, प्रजातान्त्रीक प्राध्यापक संघ र नेपाल राष्ट्रिय प्राध्यपक संघले सयुक्त प्रेस विज्ञप्ति जारी गरेको छ ।

केन्द्रीय क्याम्पसमा सिर्जित समस्याको प्रमुख कारक तत्वलाई नै सल्लाहकार समितिको संयोजक बनाएर गठन गरिएको समितिको आन्तरिक अभिष्ट के हो भन्ने कुरा घाम जत्तिकै प्रष्ट रहेको हुनाले आफुलाई पदमा पु¥याएर पदको दुरुपयोग गरी चाकरी र दलालीद्धारा वैयक्तिक स्वार्थपूर्तिमा लिप्त रहँदै आएका त्यस्ता व्याक्तिहरुले सिर्जना गरेको भ्रममा नपर्न अपिल गर्दै प्राध्यापकहरुले बुधवार संयुक्त प्रेसविज्ञप्ति जारी गरेको छ ।

मंगलवार गठन गरिएको तदर्थ समितिमा सह संयोजक हरिकृष्ण कडायत देखि अन्य सदस्यहरुमा चयन गरिएका बिरेन्द्र सिंह धामी, ऋषिराज जोशी लगायतका १३ जनाले आपत्ति जनाएका छन् । आफुलाई कुनै किसिमको नै जानकारी नै नदिई उक्त तदर्थ समितिमा राखिएको उनिकै प्रेसनोट मार्फत नै भएको जनाएका छन् ।
उक्त तदर्थ समिति भ्रष्ट दलालहरुबाट सञ्चालित रहेको पाठक नेतृत्वले बताउदै आएका छन् । उपकूलपति, रजिष्ट्रार र प्रिन्सिपल जस्ताहरु व्यक्तित्वबाट नै सञ्चालित रहेको उक्त समितिका एक सदस्यले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया