काठमाडौँ, राष्ट्रिय सूचना प्रविधि केन्द्रको सिस्टममा प्राविधिक समस्या आएपछि नेपालका सम्पूर्ण सरकारी वेवसाइट करिब आधा घन्टादेखि बन्द भएका छन् ।
सरकारी सर्भर बन्द हुँदा देशरभरका सरकारी कार्यालयको काम प्रभावित भएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका सूचना अधिकारी रमेशप्रसाद पोखरेलका अनुसार सर्भरमा सामान्य समस्या आएपछि मर्मतको कार्य जारी रहेको छ ।
साथै वेवसाइट पुन: संचालनमा आउन अझैं आधा घन्टा लाग्ने सूचना अधिकारी पोखरेलले जानकारी दिएका छन् ।