सिरहा , असोज २४ गते । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) उमा प्रसाद चतुर्बेदी सम्मानित भएका छन् ।संघीय प्रहरी इकाई कार्यालय जनकपुरको प्राङगणमा २ नं. प्रदेश प्रहरी कार्यालयद्वारा “६४ औं प्रहरी दिवस २०७६” को अवसरमा आयोजित कार्यक्रममा प्रमुख २ नं. प्रदेशका माननीय मुख्यमन्त्री लाल बाबु राउतले चतुर्बेदीलाई प्रशंसा–पत्रद्वारा सम्मान गरेका हुन् ।
सो अवसरमा संगठन प्रमुख श्रद्धेय प्र.म.नि. सर्वेन्द्र खनालबाट ६४ औं “प्रहरी दिवस २०७६” को अवसरमा भएको “सन्देश” वाचन गरिएको, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव , जनकपुर उप-महानरपालिकाको प्रमुख लालकिशोर साह तथा आन्तरिक मामिला तथा कानून मन्त्री माननीय ज्ञानेन्द्र कुमार यादव बाट शुभकामना मन्तव्य व्यक्त भएको, प्रमुख अतिथिबाट अमर प्रहरीका परिवारजनहरूलाई दोसल्ला ओढाई सम्मान, जग्गा दाताहरूलाई कदर-पत्र, सामुदाय-प्रहरी साझेदारी कार्यक्रममा सहयोगीहरूलाई दोसल्ला तथा कदर पत्रबाट सम्मान गरी उत्कृष्ट प्रहरी कर्मचारीहरूलाई नगद पुरस्कार तथा प्रसंशा-पत्र र संघीय प्रहरी इकाई कार्यालयबाट आयोजित खेलकुद तर्फ उत्कृष्ट स्थान प्राप्त गर्ने खेलाडीहरूलाई नगद पुरस्कार, प्रसंशा-पत्र तथा शिल्ड प्रदान गर्नु भई प्रमुख अतिथि माननीय मुख्यमन्त्रीज्यूबाट मन्तब्य ब्यक्त भएको, २ नं. प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्र.ना.म.नि. प्रद्युम्न कुमार कार्कीले भन्नू भयो प्राप्त जिम्मेवारीलाई विभागीय नीति, निर्देशन अन्तर्गत रही कुशलतापूर्वक सम्पन्न गरी कुशल व्यवसायिक क्षमता प्रदर्शन गरेको भन्दै चतुर्बेदीलाई प्रशंसा पत्र प्रदान गरिएको हो ।
एसपी चतुर्बेदी प्रहरीभित्र व्यवसायिक र क्षमतावान प्रहरी अधिकृतका रुपमा चिनिन्छन् । यसअघि ०७२ सालमा लहान ईलाका प्रहरी कार्यालय प्रमुख(डिएसपी)को जिम्मेवारीमा थिए । त्यहा हुँदा शान्ति सुरक्षातर्फ उनले राम्रो ख्याती कमाएका थिए । ६ महिने मधेस आन्दोलनको क्रममा प्रदेश नम्बर २ का ८ वटै जिल्लामध्ये यस्तो कुनै जिल्ला छैनन् जहाँ प्रहरीका तर्फबाट मान्छे नमरेको होस् । तर, मधेस आन्दोलनको मुख्य ठाउँ लहानमा कही पनि अप्रिय घटना भएन । स्थानीय भन्छन् डिएसपी उमा प्रसाद चतुर्वेदी लहानका प्रमुख नभएको भए प्रहरीको तर्फबाट सय÷दुई सय मानिसको हत्या हुने थियो ।
लहानले टिकापुरलाई बिर्साउन सक्थ्यो । उनले त्यहाँ पनि निकै सुधारका काम गरेका थिए । लहानमा अहिले पनि उनले गरेका कामको चर्चा हुने गरेको छ । त्यसैगरि सिरहा जानुअघि अपराध माहाशाखा काठमाण्डौमा प्रहरी नायव उपरिक्षक पदमा कार्यरत रहदा सिल्यर किलर अबिशेक राज सिंह लगभग धेरै मान्छेहरुको हत्या गरि फरार रहेका सिंहलाई र अबैध रकम असुली फोनबाट धम्की दिएर चन्दा असुली गर्ने गिरोहका नाईके तथा अपराधीहरुलाई समेत चतुर्बेदीले पक्राउ गरेको थियो । जसको अहिले पनि चर्चा हुने गरेको छ ।
हाल सिरहा जिल्लामा प्रभावकारी प्रहरी परिचालन गरेको भन्दै स्थानीयले समेत उनको खुलेर प्रशंसा गर्ने गरेका छन् । एसपी चतुर्बेदीको नेतृत्वमा सिरहामा प्रहरीले लागूऔषध निषेध तथा मदिरा नियन्त्रण र फरार प्रतिबादी अभियान प्रभावकारी रुपमा अघि बढाएको छ । यस्तै, समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत स्थानीय तह, विभिन्न संघ–संस्था, समुदाय र विद्यालयमा लागूऔष नियन्त्रण, साइबर क्राइम, मदिरा नियन्त्रण लगायतका विविध विषयमा जनचेतना मुलक सहजीकरणका काम हुँदै आएका छन् ।
अवैध चोरी, तस्करी र निकासी–पैठारी नियन्त्रणमा समेत सिरहा प्रहरीले प्रभावकारी काम गरिहेको छ । यस्तै, विभिन्न विद्यालयका हजारौँ विद्यार्थीलाई लागूऔषध र साइबर क्राइमका विषयमा प्रशिक्षित गरिएको छ । यसैगरी, सडक सचेतनामा अभिवृद्धि भई दुर्घटना न्यूनिकरण हुनुका साथै जिल्लामा हुने अपराधिक घटनामा कमी आई मुद्धा दर्ता संख्या नै कमी हुन थालेको छ ।
विशेषतः चतुर्वेदी प्रहरी सेवामा एक पल्ट सिआईवी ब्युरोमा हुँदा बहुत चर्चित पाँचथरको ९ जना हत्या घटनाको अनुसन्धानसमेत गरी सकेका छन् भने दुई पल्ट मिसनको परीक्षामा पास भएर विदेशसम्म परिसकेका छन् । जस्ता प्रशंसनीय काम गरिरहेको छ ।
दुई दिन अघि मात्र बलात्कारपछि हत्या गर्ने योजना एसपी उमा प्रसाद चतुर्बेदीको सक्रियताले बिफल
अपहरित युवतीलाई सुरक्षित स्थान बिच चौरमा लगेर सामुहिक बलात्कार गरी हत्या गर्ने योजना एसपी चतुर्बेदीको सक्रियताका कारण विफल भएको छ। अपहरणकारी युवकहरुले युवतीलाई यौन दुव्र्यवहार गर्दै प्रहरीको गस्तीका कारण सीमावर्ती गाउँतर्फ मोडिनुपरेको जीपभित्र चर्चा गरेको ती युवतीले प्रहरी समक्ष बयान दिएकी छन्।
पाँचैजनाले सामुहिक बलात्कार गरेपछि हत्या गरेर फालिदिने सम्मको योजना ती युवकहरुले जीपभित्रै बनाएको समेत पीडित युवतीले प्रहरीलाई बयान दिएकी छन्। ‘भगवानले मेरो अस्मिताको रक्षा मात्र गरेनन् समयमा प्रहरी पठाएर मेरो जीवन समेत रक्षा समेत गरिदिए। युवतीले आँशु झार्दैै भनिन्। मेरो अपहरण गरी जवरजस्ती गर्नेमाथि हदैसम्मको कारवाही होस्।’ एसपी चतुर्वेदीका अनुसार पक्राउ परेका विरुद्धमा प्रहरीले अपहरण, जबरजस्ती करणी र लागुऔषध मुद्दामा अनुसन्धान अगाडि बढाएको छ । गाडीमा आफुमाथि बलात्कारको प्रयास भएको बयान प्रहरी समक्ष युवतीले दिएको प्रहरी उपरीक्षक चर्तुवेदीले जानकारी दिए।