सिरहा २६ चैत्र । सिरहामा ट्रकको ठक्करबाट ३ जनको घटनास्थलमै मृत्यु भएको छ । सिरहाको लहान नगरपालिका १३ भोटियाटोल नजिक दुर्घटना हुँदा ३ जनको घटना स्थलमै मृत्यु भएको हो ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत पुर्वबाट पश्चिम तर्फ बिस्कुट बोकि जादै गरेको ना ३ ख ७७७४ नम्बरको फुलडाला ट्रकले विपरति दिशाबाट आईरहेको स ९ प ७३७८ नम्बरको १२५ सीसीको डिस्कभर मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार ३ जनाकै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा लहान नगरपालिका ४ बस्ने कृष्णा सहनी, शिव कुमार सहनी र मनोज मण्डलको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय लहानका डिएसपि राजेश थापाले जनकारी दिएका छन् ।
मृतक तिनै जनाको शव पोस्टमार्टमको लागि लहानस्थित राम कुमार उमा प्रसाद स्मारक अस्पतालमा राखिएको थापाले जनाएका छन् ।
यता ठक्कर दिने ट्रक सहित चालक प्रहरीको नियन्त्रणमा रहेको छ । चालक सिन्धुपाल्चोक बाराबिसे न पा ७ का ध्रुव देउजालाई ईलाका प्रहरी कार्यालय धनगढीले नियन्त्रणमा राखेको जनाएको छ ।