काठमाडौँ, राजधानीको सिनामंगलमा मंगलबार बिहान सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् र तिनमा २ को अवस्था निकै गम्भीर रहेको छ ।
गौशालाबाट कोटेश्वर जाँदै गरेको बा५ख ५१०० नंको माइक्रोबस र कोटेश्वरबाट गौशाला जाँदै गरेको बा१ज ९७६६ नंको बस एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविराज पौडेलका अनुसार घाइते मध्ये २ को अवस्था निकै गम्भीर रहेको छ । घाइतेहरुको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाईएको छ ।