काठमाडौं महानगरपालिकामा अझै ९० हजार जति मत गन्न बाँकी छ । स्वतन्त्र उममेदवार बालेन साहले ४१ हजार कटाइसकेका छन् । मत यही अनुपातमा आउने हो भने उनले ६० हजार मत कटाएमा जीत्ने सम्भावना रहन्छ ।
काँग्रेसको गढ मानिएको वडाहरुमा मतदान हुँदा सृजना सिंहको मत बढ्न थालेको छ । तेस्रो स्थानमा रहेकी उनी शनिबारबाट दोस्रो स्थानमा उक्लिएकी छिन् । तर, बालेनसँग उनको मतान्तर १७ हजार माथि छ । यसकारण सृजनाले बालेनलाई उछिन्न सजिलो देखिदैन । तर, असम्भव भने छैन ।







