काठमाडौं,४ कार्तिक । साल्ट ट्रेडिङ कर्पोरेसनको २५ सय मेट्रिक टन चिनी बुधबार आइपुग्ने भएको छ । सरकारले चाडपर्वलाई लक्षित गरी खाद्यव्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङलाई ३० हजार मेट्रिक टन चिनी ५० प्रतिशत कम भन्सार दरमा आयात गर्न अनुमति दिएको थियो । सरकारको सो अनुमतिअनुसार साल्ट टे«डिङले ५० प्रतिशत भन्सार छुटमा चिनी भिœयाएको हो ।
सरकारले साल्ट ट्रेडिङलाई २० हजार मेट्रिक टन र खाद्यकम्पनीलाई १० हजार मेट्रिक टन आयात गर्न अनुमति दिएको थियो । खाद्यकम्पनीले सो चिनी दसंैपछि मात्र ल्याउन सक्ने बताएको छ भने साल्ट टे«डिङले सो चिनी २५ सय मेट्रिक टन बुधबार वीरगञ्जको नाका आइपुग्ने जानकारी दिएको छ ।
दसैंको केही दिन बिदा हुने हुँदा बीचमा दुई(चार दिन आउने छैन नत्र भने अब सरकारले साल्ट टे«डिङलाई आयात गर्न दिएको अनुमतिअनुसार चिनी निरन्तर आयात हुनेछ । विभागीय प्रमुख झाले भने, ‘अहिले हामीसँग धेरै मौज्दात नहुँदा हामीले थोक व्यापारीलाई बिक्री गरेका छौं । खुद्रामा मात्र बिक्री गरिरहेका छौं । २५ सय मेट्रिक टन आइपुग्दा थोक व्यापारीलाई पनि बिक्री गर्नेछौं । साल्ट ट्रेडिङको चिनी आएपछि बजारमा बढेको चिनीको मूल्य पनि घट्ने झाको भनाइ रहेको आजको राजधानी दैनिकमा खवर छ ।