काठमाडौँ, केहि समय अगाडी मोडल निशा घिमिरेको कार दुर्घटनाको समाचार आएको थियो । मोडलिङ क्षेत्रमा आफ्नो स्थान बनाउँदै गरेकी मोडल निशा घिमिरे अध्ययनको शिलशिलामा भारत गएकी थिइन् ।
भारतको देहरादुनमा बसेर अध्ययन गरिरहेकी उनि पुस १८ गते कार दुर्घटनामा परि घाइते भएकी हुन् । केहि समय भारतमै उनको उपचार गरियो । जग्गा नै धितो राखेर उपचार गराउँदा पनि आर्थिक अवस्थाले धान्न निकै कष्ट भएपछी उनलाई माघ ७ गते नेपाल ल्याइयो ।
हाल नेपालको ट्रमा सेन्टरमा उनको उपचार हुँदै छ । आर्थिक अवस्थामा निकै कम्जोर घिमिरे परिवारले आर्थिक सहयोगको लागी अपिल गरेका छन् । अस्पतालमा उनलाई भेट्न जाने सबै ओसिलो आँखा परेर फर्कन्छन् ।
उनको उपचारको लागी उनको मिल्ने साथि कलाकार सपना लामिछानेले रु ५०,००० को सहयोग गरेकी छिन् । थप सहयोगको लागी अझै सहयोगी हातहरुको आवश्यक रहेको बताउँदै उनि निशाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछिन् ।
एक दर्जन भन्दा बढी म्युजिक भिडियोमा काम गरि सकेकी मोडल घिमिरे आज जिवन र मृत्युको दोधारमा छिन् । मोडलिङ्ग क्षेत्रमा निकै योगदान पुर्याएकी उनलाई आज सहयोगी हातहरुको निकै आवश्यक छ ।
उनको उपचार सहयोगको लागी एनएमबी बैंकको खाता नम्बर उषा घिमिरे ०१६२४९००८०४९१४०००००१ मा आफ्नो सहयोग रकम जम्मा गर्न सक्नु हुन्छ ।