काठमाडौँ, सल्यानमा सात महिने छोरीको हत्या गरेको आरोपमा एक आमा पक्राउ परेकी छिन् ।
हत्याको आरोपमा इलाका प्रहरी कार्यालय लुहामले छत्रेश्वरी–६ रानागाउँकी २८ वर्षीया सपना भण्डारीलाई मंगलबार राती पक्राउ गरेको छ ।
परिवारले सात महीनाकी छोरी जानकी भण्डारीलाई कुटपिट गरी हत्या गरेको किटानी जाहेरी दिएपछि प्रहरीले आमालाई पक्राउ गरेको हो । उन्कता बालिकाको शव परिक्षणको लागी जिल्ला अस्पताल सल्यान ल्याइएको छ ।
हत्या अरोपी आमालाई हिरासतमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।