१६ फागुन, काठमाडौं: ताप्लेजुङमा AS350 हेलिकोप्टर दुर्घटनामा, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको निधन भएको थियो ।ताप्लेजुङमा हेलिकप्टर दुर्घटनाको क्रममा निधन भएका सातैजनाको शव नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौंका ल्याइएको छ। पर्यटन मन्त्री रविन्द्र अधिकारीसहितको शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको हो। स्रोतका अनुसार अधिकारीको शव गृहजिल्ला कास्की लैजाने जनाएको छ । मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय सरकारले गरेको छ ।
घटनास्थलबाट संकलन गरेर सबै शवहरु ताप्लेजुङको सुकेटार विमानस्थलमा राखिएको थिए।खराब मौसमका कारण ताप्लेजुङ सदरमुकामस्थित सुकेटार विमानस्थलमा बिहानैदेखि उचित मौसमको पर्खाइमा रहेको सेनाको टोली काठमाडौंका लागि केही बेरअघि मात्रै प्रस्थान गरेको थियो।