काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाले पर्यटनमन्त्री प्रेम आलेलाई विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिन भनेपछि राष्ट्रिय सभाकी सदस्य विमला राईले आपत्ति जनाएकी छन् ।
अध्यक्ष तिम्सिनाले मन्त्री आलेलाई जवाफ दिन समय उपलब्ध गराएपछि आपत्ति जनाएकी हुन् । उनले आपप्ती जनाएपछि अध्यक्ष तिमिल्सेनाले माननीय विमला राई, के भन्न खोज्नुभएको भन्दै प्रश्न सोधे ।
त्यसपछि राईले भनिन्,’सम्माननीय अध्यक्षज्यू, पर्यटमन्त्री जो बोल्न लागिरहनुभएको छ संसद्मा, उहाँले बोलेको असाध्यै अभद्र र कसैले पनि सुन्न नसक्ने अपाच्य अडियो सार्वजनिक भएको छ । त्यो हामी धेरैले सुन्न सक्ने अवस्था पनि छैन सामाजिक सञ्जालमा । त्यो अडिओले सबैको ध्यानाकर्षण गरेको छ ।सबैले प्रश्न उठाइराखेका छन् । सार्वजनिक पद धारण गरेको व्यक्तिले यसरी बोल्न मिल्छ कि मिल्दैन ?’
‘उहाँले जुन किसिमको गालीगलौज गर्नुभएको छ, त्यो सर्वसाधारण मानिसले समेत गर्न सक्दैनन् । सार्वजनिक व्यक्तिले गरेको यो गाली सुन्दा क्षम्य नै नहुने खालको काम गरेको मलाई महसुस भएको छ । हुन त यस्तै खालका कुरा यसअघि नभएका पनि होइनन् । सुशील कोइराला मन्त्री हुँदा एक जना मन्त्रीले एक महिलासँग हिलो छ्यापाछ्याप गरेर खेल्दा असार १५ मा यसरी नै विरोध भएका थियो ।