काठमाडौँ, नेकपा संसदीय दलको बैठकमा बोल्दै पार्टी अध्यक्ष समेत रहेका प्रधानमंत्री के.पी ओलीले विप्लबलाई जेलमा राखेर पनि राजनीतिको मुलधारमा ल्याउने बताएका छन् । उनले भनेका छन्, ‘ राष्ट्रिय राजनीतिको मुलधारमा ल्याउँछौं । सहज आउनुहुन्छ भने आउनुहुन्छ, आउनु हुन्न भने जेलमा बसेर आउनुहुन्छ । ‘
विप्लबले नेताहरुलाई मार्न मान्छे खटाएको हुँदा उसलाई छुट दिन नसकिने बताउँदै प्रधानमंत्री ओलीले भने, ‘ हामी सहिषुष्ण व्यवहार गर्ने, उनीहरुले हत्याको लिस्टमा नेताहरु राखेर मान्छे खटाउने । फलानो नेता मार्न खटाउने क फलानो, फलानो नेता मार्न खटाउने क फलानो यस्ता नक्कली क हरुलाई छुट दिन सकिँदैन । ‘
उनले विप्लब समूहका विध्वसात्मक गतिविधि चैत्र महिना भित्र नियनत्रण गरि सक्ने दाबी समेत गरेका छन् ।