२६ जेठ, रौतहट । सरुवा गरिएको स्थानमा जान अटेरी गरे पछि गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निलम्बन गरेको छ । , दार्चुला शिखर नगरपालिका,सरुवा भएका कार्कीले त्यसको अवज्ञा गर्दै गौर नगरपालिकामै कामकाज जारी राखेपछि मन्त्रालयले उनलाई निलम्बन गरेको हो उनिलाइ जेठ १ गते सरुवा गरिएको थियो। कार्कीको सरुवा गर्दै सरोज कुमार लाल दासलाई जेठ १७ गते गौर नगरपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृत तोकेर जेठ १७ गते पठाएको थियो । तर सुमनकुमारकार्कीले मन्त्रालयको निर्णयविपरीत आफूखुशी पवन महतोलाई निमितको जिम्मेवारी तोकेका थिए
मन्त्रालयले पछिल्लोपटक खटाएको कार्यालयमा तीन दिनभित्र हाजिर हुन लिखित तथा मौखिक निर्देशन दिँदासमेत कार्कीले अटेरी गरेपछि निजामति सेवा ऐन, २०४९ को दफा ६४ (१) बमोजिम दुई महिनाका लागि कार्कीलाई निलम्बन गरिएको मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जानकारी दिए ।
सरुवा भएको कर्मचारी गैरकानूनी रुपमा नगरपालिकामा कामकाज गर्न आएको भन्दै गौरका स्थानीय युवाहरूले शुक्रबार नगरपालिका अगाडि प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाएको थियो ।