काठमाडौँ, काठमाडौँमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै पुर्वप्रधानमंत्री समेत रहेका हाल नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले वर्तमान सरकार असफलता उन्मुख रहेको बताएका छन् ।
उनले सरकारको एक बर्षे कार्यकालबाट जनता पनि सन्तुष्ट नभएको र लक्ष्य अनुसार कुनै पनि काम नभएको बताउँदै भने, ‘ राजश्वको लक्ष्य पनि पूरा हुन सकेन, व्यापार घाटा बढेर गयो, लगानी घट्यो, भनेर आफैंले भनिरहेको छ । यी सबै हिसाबले सरकार असफलतातिर उन्मुख भइरहेको छ । ‘
जनताको अपेक्षा र मुलुकको आवश्यकता अनुसार सरकारले आवश्यक कदम चाल्न नसकेको आरोप समेत लगाएका छन् । भट्टराईले वर्तमान सरकारले अन्तर्राष्ट्रिय सम्बन्धमा समेत सन्तुलन कायम गर्न नसकेको पनि दाबी गरे ।