सरकारी मोटरसाईकल लिएर मसाज छिरेका यी अधिकृत समातिए

काठमाडौं – ललितपुर प्रहरीले सरकारी मोटरसाइकल लिएर मसाज पार्लर पुगेका एक अधिकृतलाई पक्राउ गरेको छ । नुवाकोटको शिवपुरी गाउँपालिकाका एक अधिकृतलाई ललितपुर प्रहरीले मोटरसाइकलसहित पक्राउ गरेको हो ।

नुवाकोटको शिवपुरी नगरपालिकामा कार्यरत आठौं तहका अधिकृतलाई ललितपुर प्रहरीले बागमती प्रदेश ०२–००१ ब ३८१८ नम्बरको सरकारी मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता डिएसपी अंगुर जिसीका अनुसार स्थानीयले खबर गरेपछि प्रहरी मसाज पार्लरमा पुगेर मोटरसाइकलसहित ती व्यक्तिलाई नियन्त्रणमा लिइएको हो ।

सरकारी सवारीसाधनको दुरुपयोग भएको भन्ने सूचना आएपछि प्रहरी मसाज पार्लर पुगेर सवारीसाधनसहित मानिसलाई नियन्त्रणमा लिएको ललितपुर प्रहरीले जनाएको छ । अहिले नियन्त्रणमा लिइएका सवारीसाधन र मानिसको बारेमा बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया