काठमाडौँ, शुक्रबार अफगानिस्तान सरकारी सुरक्षा फौजले आतंकवादी विरुद्ध गरेको कारबाहीका १८ जना तालिबानी लडाकू मारिएका छन् ।
पूर्वी अफगानिस्तानको लोगाड प्रान्तमा मुहम्मद आघा जिल्लास्थित विशेष प्रहरी बलले गरेको उक्त कारवाहीमा विगतमा आतङ्कवादी अपराधमा संलग्न व्यक्तिहरु मारिएको सो प्रान्त सरकारले वक्तव्य जारी गर्दै दाबी गरेको छ ।
ती तालीबान लडाकुहरुको साथबाट सुरक्षा फौजले तीन थान एके–४७ बन्दुक, १७ थान म्याग्जीन तथ ४५० थान बन्दुकका गोली समेतका हातहतियार बरामद गरेको छ ।