सरकारी गाडीको दुरुपयोग, सरकार सधैँ मौन !

फाइल फोटो

काठमाडौँ, सरकारी गाडीको दुरुपयोगका अनेकौँ किस्साहरु सार्वजनिक नभएका होइनन् । न त दुरुपयोग रोक्न कुनै अभियान संचालन नभएका हुन् । तर पनि शिर्ष सरकारी अधिकारीहरुले सार्वजनिक विदाको अवसरमा उक्त गाडीलाई पारिवारिक घुमघाम, किनमेल र घरायसी सामग्री ओसार–पसारमा प्रयोग गर्न अझै छाडेका छैनन् ।

सरकारले सार्वजनिक विदाको दिन सरकारी सवारी साधन सञ्चालनमा प्रतिबन्ध पनि नलगाएको होइन । सञ्चालनको लागी अत्यावस्यक भएको खण्डमा त्यसका लागि अनुमतिको व्यवस्था समेत गरिएको छ ।

यस्तैमा सामाजिक संजालमा हाल एक तस्विर भाइरल भैरहेको छ । उक्त तस्विरमा सरकारी गाडीको दुरुपयोग प्रस्टै देखिएको छ । सरकारी गाडीमा दुइ जना युवायुवती फिल्मी शैलीमा पोज दिएर फोटो खिचाउदै गरेको देख्न सकिन्छ ।

तस्विरमा देखिएको बा २ झ १६५० नम्बर को उक्त सरकारी गाडी कसको नाममा रहेको भन्ने चाँही उल्लेख गरिएको छैन ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया