सरकारीस्तरबाट कोरोना परीक्षण शुरु

फाइलफोटो

पाल्पा, २३ असोज । अब पाल्पाका कोरोना आशंकितहरुले कोरोना पुष्टि गर्नका लागि अन्य स्थानमा जानुनपर्ने भएको छ । सरकारीस्तरबाटै पाल्पामा पनि कोरोना (कोभिड–१९) भाइरसको परीक्षण शुरु भएपछि यो बाध्यता हटेको हो । बिहीबारबाट पाल्पाको तानसेनमै परीक्षण शुरु भएको छ ।

अब कुनै पनि व्यक्तिमा कोरोना संक्रमण भए नभएको परीक्षण तानसेन यहाँको पाल्पा अस्पतालअन्तर्गत रहेको कोरोना परीक्षण प्रयोगशालामार्फत तानसेन नगरपालिकाको काजीपौवाबाट हुनेछ । सरकारले गत असार महिनामा पाल्पा अस्पताललाई कोरोना परीक्षणका लागि आवश्यक पीसीआर मेसिन खरीदका लागि स्विकृति प्रदान गरेको थियो भनेपछि यसका लागि एक करोड रुपियाँ विनियोजना गरेको थियो ।

परीक्षण केन्द्रमा परीक्षण मेसिन र आवश्यक किट र सामग्री उपलब्ध भएर पूर्वाधार विकासलगायतका काम पूरा भएपश्चात् परीक्षण शुरु गरिएको र बिहीबारदेखि सर्वसाधारणको नमुना परीक्षण गरिएको अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेले जानकारी दिनुभयो । नेपाल समाचारपत्रमा कविराज नेपालले समाचार लेख्नु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया