काठमाडौँ, समाजवादी पार्टीका नेताहरु देवेन्द्र पराजुली, कल्पना धमला, मनु हुमागाई लगायतको समूहलाई नेकपा प्रवेश गराउने कार्यक्रममा नेकपा अध्यक्षसमेत रहेका प्रधानमंत्री के.पी शर्मा ओलीले सरकारको विरोध गर्नेले मास्क लगाएर हिँडेको बताएका छन् ।
उनि भन्छन्, ‘ अस्ति मैले म प्रधानमन्त्री हुँदा काठमाडौंमा आधा जनसङ्ख्या मास्क लगाएर हिँड्थे । अहिले मास्क लगाउनु पर्दैन भनेको थिएँ । अहिले सरकारको विरोध गर्न मास्क लगाएर हिँड्न थालेका छन् । ‘
उनले काठमाडौँको मुख्य बाटोमा धुलो नउड्ने र भित्री बाटो निर्माणाधीन रहेकाले धूलो उडेको हुन सक्ने बताउँदै त्यसको पनि केही दिन मै अन्त्य हुने बताएका छन् ।
उनले दाबी गर्दै भने, ‘ काठमाडौँका सबै बाटा कालोपत्रे हुन्छन् । धुलो उड्दैन । ‘