काठमाडौँ, मङ्गलबार रुपन्देहीको मणिग्राममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सरकारको आलोचना गर्न छुट भएको बताएका छन् ।
उनले भने, ‘ सरकारको आलोचना गर्न छुट छ, स्वागत पनि छ । आलोचना भैरहन्छ, हामी काम अगाडी बढाइ रहन्छौ । ‘ साथै उनले नयाँ भिजनका साथ अगाडि बढिरहेको सरकारले लगानी सम्मेलनमार्फत ७७ वटा योजानमा २४ खर्ब रुपैयाँ बारबरको लगानीको प्रस्ताव आउनु आफैँमा राम्रो पक्ष भएको दावी गरे ।
सरकारले एक बर्षलाई नव निर्माणको बर्षको रुपमा लिएको भन्दै आफूले यसलाई आत्मसाथ गरेर अगाडि बढ्ने बताए । चुनौतिलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको सरकारले केही नयाँ काम गर्न खोज्दा आलोचना सहुनुपर्ने पनि उनले बताएका छन् ।
उनले पहिला सुरुङमार्ग, रेलमार्गका कुरा गर्दा हाँसो मजाकमा उडाउनेहरु अहिले आवश्यकता हो र ? भन्ने बहसमा लागेका बताएका छन् । बालुवाटार जग्गा प्रकरण बारे पनि सरकारी सम्पत्तिको दुरुपयोग गर्ने छुट कसैलाई पनि नभएको भन्दै जोसुकैलाई पनि कारवाही गर्न नछेक्ने उनले बताएका छन् ।