आमाको माया जस्तै आँशु पनि सहश्रधारा झर्ने रहेछ । एक वर्षअघि हृदयघातका कारण एकमात्र छोरा प्रकाश र तीन वर्षअघि क्यान्सरका कारण जेठी छोरी ज्ञानु निधन भएको थीयो । छोरा र छोरी गेमाएकी नेकपा अध्यक्ष प्रचण्ड पत्नी सीता दाहाल पुत्र वियोगबाट अझै तंग्रिन सकेकी छैनन् भन्ने सोमवार प्रष्ट देखियो ।
सोमबार प्रकाश दाहालको प्रथम स्मृतिको सन्दर्भमा प्रचण्ड निवास खुमलटारमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा पनि सीतालाई सम्हालिन दुई छोरी रेणु र गंगाले मात्र सकेन प्रचण्ड आफैं उनलाई पटकपटक सम्हालिरहेका थिए ।
प्रचण्ड आफैं सम्हालिन गाह्रो परिरहेको त्यो क्षणमा छोरा सम्झेर घरी भक्कानिने, घरी जुरुक्कै उठ्न खोज्ने सीता पटकपटक डाँको छाडेर रुन खोज्दा प्रचण्डले सम्झाएका थिए त्यो क्षण निकै भाबुक बनेको थियो । पुत्री वियोग र आफ्नै शरीरले खेपिरहेको रोगबाट कमजोर बन्दै गएकी सीता पुत्र वियोगपछि सामान्य अवस्थामा फर्किन सकेकी छैनन् ।