काठमाडौँ, समाजसेवाको अर्थ कुनै पनि राष्ट्रको समाज तथा समुदायमा निस्वार्थ रुपमा सेवा गर्नु लाई बुझिने गरिन्छ । तर हाल समाजसेवा चर्चित हुने र मानिसको भावना बटुल्ने भाँडो बन्दै गएको छ ।
सामाजिक कार्य त हुन्छन्, समाजसेवा पनि गरिन्छन् तर विभिन्न मिदियावाजी र होहल्लाको आडमा । यस्तैमा नायिका स्वेता खड्काले यस्तो प्रवृत्तिलाई दह्रो झापड हानेकी छिन् ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ भीमटार माझी बस्तीमा उनले एक नमुना बस्ती खडा गरेको छिन् । उराठ लाग्दो देखिने उक्त बस्तीमा हाल चिटिक्क परेका ५३ घर खडा भएका छन् ।
न कुनै हल्ला खल्ला सुनियो न त कतै चन्दा नै उठाइयो, निर्माण सम्पन्न गर्न आर्थिक समस्या हुँदा सहकारी संस्थामा घर धितो समेत राखेर उनले यस कार्यलाई पूर्ण गरिन् ।
भुकम्पले तहसनहस बनेको सिन्धुपाल्चोकको माझी बस्ती आज एक नमुना बस्तीमा परिणत भैसकेको छ । उसको यस कार्यको सर्वत्र चर्चा छ । सबैले उनि माथी स्याब्बासी दर्शाइरहेका छन् ।
यस्तैमा उनि सामाजिक स्नाजालमा एक पोस्ट लेख्छिन् । उनको स्ट्याटस जस्ताको तस्तै :
“सानो घर, हाम्रो रहर “को सपना साँचेका मेरा प्रिय माझी बस्तिका दाजुभाइ तथा दिदिबहिनीहरुसंग हात्तेमालो गर्दै यहाँ सम्म आइपुगियो । धेरै कस्ट सहियो , धेरै हण्डर खाइयो । कतिले गाली गरे अनि कत्तिले आँखा तरे । कोहीले आश देखाए भने कोहीले उपहास गरे । तर सहयोगीहरुको साथ र माझी बस्तिका युवाहरुको हातका कारण हामी, हाम्रो सपनालाई बिपनामा परिणत गर्ने तरखरमा छौ । अझै केहि काम बाँकी छन । म एक्लैले ,अपुरो कामलाई पुरा गर्न सम्भव छैन । आउनुस अझै मौका छ । नमुना माझी बस्तीमा आ-आफ्नो योगदान गरौ ।