समयमै उपचार नहुँदा रक्तश्रावका कारण सुुत्केरीको मृत्यु

काठमाडौँ, १९ फागुन : उपचार अभावमा दाङ–घोराहीमा एक सुत्केरी महिलाको निधन भएको ।
समयमै उपचार हुन नसक्दा राजपुर गाउँपालिका–७ लैबरुवा निवासी १८ वर्षीया शिवा केसीको ज्यान गएको छ ।
शनिबार बिहान घरमै सुत्केरी भएकी केसीको अत्याधिक रक्तश्रावका कारण उपचारका लागि घोराहीतर्फ ल्याउँदै गर्दा ज्यान गएको उहाँका आफन्त झुपलाल केसीले जानकारी दिनभएको छ ।
अत्याधिक रक्तश्राव भएपछि नजिकैको गंगदी हेल्थपोष्टमा लागिएको थियो तर त्यहाँ उपचार सम्भव नभएपछि घोराही लिदै गर्दा ज्यान गएको श्रीमान कमान खत्रीले बताउनु भयो ।
बच्चाको स्वास्थ्य अवस्था राम्रै रहेपनि घरमै सुत्केरी गराएको, उमेर सानै भएको र स्वास्थ्य संस्थामा ल्याउन ढिलाई गरेका कारण उहाँको निधन भएको राजपुर गाँउपालिका स्वास्थ्य शाखा प्रमुख कमल रोकायाले बताउनुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया