काठमाडौँ, सप्तरीको ग्रामिण क्षेत्रमा बढ्दो चोरीको घटना संगै फेरी एक चोरीको खबर बाहिरिएको छ । शुक्रबार राती रूपनी गाउँपालिका–६ स्थित भटनियाँका ५ घरमा एकै समयमा चोरी भएको छ।
स्थानियका अनुसार राती एकै समयमा सरोज सरदार, रामबाबु सरदार, सुखरी सदा, सियालाल सरदार र गुजरीदेवी सदाको घरमा चोरी भएको हो ।
कटु सुरुङ खनेर त कतै बेरा भत्काएर चोरी गरिएको छ । सुनचाँदीका गहना देखि लिएर एलसिडी, मोबाइल, नगद, घडी, कपडा तथा अन्डाका कार्टुनसमेत चोरी भएको पिडितको भनाइ छ ।
पिडितहरुका अनुसार करिब २ लाख ५० हजार मूल्यबराबरका सामान चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनाको अनुसन्धान तथा गस्ती बढाएको बताएको छ ।
चोरहरुले पनि प्रहरी गस्ती बिरलै पुग्ने स्थानलाई आफ्नो चोरीको स्थान बनाएका बुझिन्छ ।