सप्तरीमा गुड्दै गरेको मोटरसाइकलमाथि बस पल्टिँदा २ को मृत्यु, १ दर्जन घाइते !

फाइल फोटो

काठमाडौँ, पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–५, कुसहास्थित सुरुङ्गा पुल छेउमा गुड्दै गरेको को.२४प ६४२५ नम्बरको मोटरसाइकलमाथि पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को.१ख ४९३४ नम्बरको बस पल्टिएको हो ।

बुधबार बिहान भएको यससवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ भने १ दर्जन घाइते भएका छन् । दुर्घटनामा परी मोटरसाइकल चालक सुरुङ्गा नगरपालिका–५ का मजबुल मियाँ र पछाडि सवार रामे पासवानको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले पुष्टि गरेको छ ।

यो घटना पश्चात स्थानीयहरुले पूर्व–पश्चिम राजमार्ग अवरुद्व पारेका छन् । मृतकका आफन्तले पोष्टमार्टमका लागि शव लगिएको भन्दै चक्काजाम गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया