काठमाडौँ, बुधबार जनतासँग प्रधानमन्त्री कार्याक्रममा बोल्दै प्रधानमंत्री के.पी ओलीले संसदमा प्रश्न सोध्ने नाममा कांग्रेस सांसदहरुले आफ्नो अपमान गरेको आरोप लगाएका छन् ।
उनले भने, ‘ संसदमा मेरो अपमान गरियो । तथानाम प्रश्न गरिएको थियो । ‘
सरकारको नीति तथा कार्यक्रममा मंगलबार प्रधानमन्त्री ओलीले संसदमा उठेका प्रश्नहरुको जवाफ दिए पश्चात सांसदहरुले प्रश्न गरेका थिए । प्रधानमन्त्रीले जवाफ दिने क्रममा निम्छरो विषय बाहेकको जवाफ दिन्छु भनेपछि हंगामा भएको थियो ।
उनले वाइडबडी, बालुवाटार प्रकरणमा कसैलाई निर्दोष घोषणा गर्ने अधिकार कसले दियो भन्ने जस्ता प्रश्न आफुलाई गरिएको भन्दै भने, ‘ ‘मैले तपाईलाई निदोर्ष हुन न्यायाधीश हुनुपर्छ र ? ‘
उनले थप गर्दै भने, ‘ म पनि कुदेर गएर प्रधानमन्त्रकिो कुर्सिमा बसेको होइन, जनताले राम्रै बहुमतले छानिएको हुँ । म कसैलाई मन नपर्नु बेग्लै कुरा हो, आम जनताले मन पराएको छ । जभाभावी बोल्ने बान्छनीय होइन । ‘