श्रृंखलाका ८५ वर्षीय हजुरबुवा पहिलो पटक मिडियामा,बुवाले गरे सबैलाई भोट गर्न अपिल (भिडियो सहित)

काठमाडौं। नेपालकी चेली श्रृंखला खतिवडालाई मिस वल्र्ड– २०१८ को उपाधिको प्रबल दाबेदार प्रतिस्पर्धीको रुपमा हेरिएको छ । उनी अहिले भोटिङ मार्फत अन्तिम चयन हुने चरणमा पुगिसकेकी छिन् । अहिले सम्मको भोट हेर्दा उनि अग्रस्थानमा रहेकी छिन् । खतिवडा मिस वल्र्ड– २०१८ भएमा उनीसँगै नेपाललाई विश्वले चिन्नेछ, नेपालको पर्यटन क्षेत्रमा उल्लेखिय मात्रामा टेवा पुग्ने छ । बिगत २४ वर्ष देखि नेपाल मिस वल्डमा सहभागि हुदैँ आईरहेको छ तर अहिलेसम्म नेपाल उपाधिको नजिक पुग्न सकेको छैन् । पछिल्ला वर्षका मिस नेपाल भन्दा श्रृंखला वैद्धिक रुपमा पनि अब्बल रहेको धेरैको तर्क छ । कात्तिक २३ मा मिस वल्र्ड २०१८मा भाग लिन उनि त्रिभुवन विमानस्थलबाट नेपाली झण्डा फहराउँदै चीन तर्फ उडिन ।

साथै उनले नेपाली झण्डा सहितको फोटो सामाजिक संञ्जालमा पोस्ट गर्दै लेखिन् नेपाल, म तिमीलाई गौरवान्वित बनाउनेछु, यो मेरो वाचा भयो । उक्त तस्बिर धेरैले मन पराए । यही मंसिर २२ गते शनिवार अर्थात ९ डिसेम्बरमा चीनको सान्यामा सञ्चालन हुने मिस वल्र्ड–२०१८ मा सहभागिता जनाउन चीन पुगिसकेकी श्रृंखला अहिले चर्चाको शिखरमा छिन् । धेरै दर्शकहरुले उनि बारे जान्ने चासो राखे पछि पब्लिक आवाजको टिम काठमाण्डौं स्थित उनको निवासमा गएर उनका बुबा विरोध खतिवडा संग कुराकानी गरेको छ । उनका बुबा अहिले प्रतिनिधिसभा सदस्य पनि हुन ।

उनले आफ्नो छोरीले जित्नेमा जसरी सम्पुर्ण नेपालीले आशा गरेका छन् त्यसरी आफु पनि आशावादी भएको बताए । सानोमा सामान्य बालबालिका सरह हुर्केकी उनि मिलनसार , लगनशिल मेहनती इमान्दार भएको पनि उनका बुबाले बताए । अहिले छोरीको प्रस्तुती हेरेर खुशी लाग्ने गरेको छ । आत्मविश्वास सहित छोरीले फोन गर्ने गरेको बताए । पहिले सरकारले यस्ता विषयमा चासो दिएको थिएन तर छोरीले मिस नेपाल भए पछि यस विषयमा चासो दिइन प्रधानमन्त्रीलाई समेत भेटेर यस विषयमा कुरा गरेको उनले सम्झिए । पछिल्लो समय सरकार पनि यस्ता खालका विषयमा सकारात्मक देखिएको छ ।

श्रृंखलाले मिस वल्र्डको ताज नेपाल भित्र्याए देशमा पर्यटन व्यावसाय फस्टाउनेमा दुई मत नरहेको बताए साथै , श्रृंखलाले मिस वल्र्डको ताज नेपाल भित्र्याए सबैलाई फाइदा हुने भएकाले सबैलाई भोट गर्न पनि अपिल गरे । छोरीले अहिले पाइरहेको यो साथको लागि सबैलाई धन्यवाद पनि दिए । श्रृंखला नाम मैले जुराएको बताउने उनका हजुर ८५ वर्षीय हजुरबुबा बद्रीप्रसाद खतिवडाले पनि नातिनीलाई नहत्तारीएर आफ्नो प्रस्तुती दिन सुझाए । साथै सबैलाई भोट गर्न अपिल समेत गरे । बाँकी हेर्नुहोस् पब्लिक आवाजले उनका बुवा र हजुरबुवा संग गरेको विशेष कुराकानी भिडियोमा ।

फेसबुकबाट तपाईको प्रतिक्रिया