श्रीलंका संकट: शान्ति कायम गर्न सेना प्रमुखले खोजे जनताको समर्थन

कोलम्बो, २६ असार अभूतपूर्व आर्थिक संकट सामना गरेको श्रीलंकाका सेना प्रमुख जनरल सभेन्द्र सिल्भाले आइतबार शान्ति कायम गर्न जनताको समर्थन खोजेका छन् । जनरल शभेन्द्र सिल्वाले आज एक विज्ञप्ति जारी गर्दै वर्तमान संकटलाई शान्तिपूर्ण ढंगले समाधान गर्ने अवसर आएको बताए ।

उनले श्रीलंकालीहरूलाई देशमा शान्ति कायम गर्न सशस्त्र बल र प्रहरीलाई सहयोग गर्न आग्रह गरे । शनिबार राष्ट्रपति गोटाबाय राजापाक्षेको राजीनामा माग गर्दै प्रदर्शनकारीको ठूलो समूह राष्ट्रपति निवास प्रवेश गरेको थियो । प्रदर्शनकारी प्रवेश गर्न थालेपछि राष्ट्रपति राजापाक्षेलाई सुरक्षाकर्मीले सुटुक्क सुरक्षित क्षेत्रतर्फ लगेको थियो ।

राष्ट्रपतिले १३ जुलाईमा राजीनामा दिने घोषणा गरेका छन् । राष्ट्रपतिको राजीनामा माग गर्दै उठेको प्रदर्शन हिं सात्मक बन्दै गएको हो। हजारौंको संख्यामा रहेका प्रदर्शनकारीहरूले ‘पुलिस ब्यारिकेड’ साथै राष्ट्रपति कार्यालयको गेट तो डफो ड गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त आन्दोलन यस वर्षको सबैभन्दा ठूलो प्रदर्शनमध्ये एक हो ।

जहाँ प्रदर्शनकारीहरूले श्रीलंकाको राष्ट्रिय झण्डा प्रदर्शन गर्नुका साथै राष्ट्रपति सरकार विरोधी ब्यानर देखाएका छन् । प्रदर्शनलाई नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी खटाइए पनि प्रदर्शन रोकिएको छैन । सेना र प्रहरीले भीड नियन्त्रणमा लिन संयुक्त रुपमा प्रयास गरे पनि भीड अनियन्त्रित बन्दै गएको छ । यस क्रममा सुरक्षाकर्मीले थुप्रै अश्रुग्यास प्रहार गर्नुका साथै हवाइ फायर पनि गरेको छ । प्रहरीले कर्फ्यू लगाए पनि प्रदर्शनकारीहरू त्यसको अवज्ञा गर्दै सडकमा उत्रिएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया