काठमाडौँ, सर्लाहीको बरहथवा नगरपालिका –५ स्थित रामेश्वर सिग्देलको घरमा डेरा गरी बस्दै आएका उदयपुर जिल्लाको सुरुङ्गा नगरपालिकाका रामजी विश्वकर्माले आफ्नै ३३ वर्षीया श्रीमती सुनितालाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराई अनुसार रामजीले श्रीमती सुनिताको घाँटी, हातखुट्टालगायत शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरी हत्या गरेका हुन् । सुनिताको घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ । हत्या गरी भाग्दै गरेका रामजीलाई भाग्दा भाग्दै प्रहरी नियन्त्रणमा लिइएको थियो ।
प्रहरी नियन्त्रणमा रहेका रामजीले आफूले खुकुरी प्रहार गर्दा श्रीमती सुनिताको मृत्यु भएको बयान दिएका छन् । मृतकको शव परिक्षणको लागी जिल्ला अस्पताल मलङ्गवामा ल्याइएको र घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।