काठमाडौँ, काभ्रेपलान्चोक धुलिखेल नगरपालिका-३ रविओपीमा सामान्य झगडाको कारण श्रीमतीले आफ्नै श्रीमानमाथि खुर्पा प्रहार गरि हत्या गरेकी छिन् ।
मादक पदार्थ सेवन गर्दा भएको सामान्य झगडामा ५५ वर्षीया लालीमाया तामाङले ६० वर्षीय श्रीमान् सुकराम तामाङलाई खुर्पा प्रहारी गरी हत्या गरेकी प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् ।
सुकरामको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । साथै खुर्पा प्रहारबाट सुकरामकी ७० वर्षीया फूपु कान्छीमाया भने गंभिर घाइते भएकी थिइन् ।
घाइते कान्छीमाया बनेपास्थित शीर मेमोरियल अस्पतालमा उपचार गरि घर फर्केकी छिन् । हत्यारा लीलामायालाई प्रहरीले पक्राउ गरेको छ ।
( रासस )