शिक्षामा लुटको खेल : त्रिवि सेवा आयाेग अध्यक्ष चैतन्यप्रसाद शर्मासहित १० जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर !

काठमाडौँ,  त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न प्रशासनिक तथा प्राविधिक पदको स्थायी पदपूर्तिका लागि भएको लिखित परीक्षामा प्राप्ताङ्क फेरबदल गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिवि सेवा आयाेगका अध्यक्ष चैतन्यप्रसाद शर्मासहित १० जना विरुद्द मुद्दा दायर गरेको छ ।

विशेष अदालत काठमाडौँले सेवा आयोगका पदाधिकारी र कर्मचारीका आफन्तलाई उत्तीर्ण गराई अनियमितता गरेको जनाएको छ । यसरी मुदा पर्नेमा आयोगका सदस्य चिन्तामणि पोखरेल, प्रशासन प्रमुख पर्शुराम कोईराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, आयोगका कर्मचारी इन्दिरा तिवारी भन्तना, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक टेकनाथ ढकाल, प्राध्यापक गोविन्द ढकाल, सहप्राध्यापक राजेश्वर न्यौपाने, सहप्राध्यापक ताराप्रकाश पौडेल र राम बहादुरपाण्डे क्षत्री रहेका छन् ।

अख्तियारले सेवा आयोगले सञ्चालन गरेको खुला परीक्षामा अनियमितता भएको पाए पश्चात हस्तक्षेप गरि कारवाही थालेको हो । अख्तियारले प्रश्नपत्र निर्माणदेखि नतिजा प्रकाशनसम्म चलखेल भएको निष्कर्ष निकालेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया