मोदीले शत्रुलाई अहिले भारतको डर छ, कसैले पनि आँखा लगाउन सक्दैन भनिरहेक बेला जम्मु-कश्मीरको कुपवाडा जिल्लास्थित हन्दवाडामा आज बिहानसम्ममा ६ जना सुरक्षाकर्मी र दुई चरमपन्थीको ज्यान गएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार आइतवार बिहानै भएको भिडन्तमा दुईजना चरमपन्थी र ६ जना सुरक्षाकर्मी मारिएको छन् ।
यसैबीच तीन दिनअघि भएको मुठभेडमा घाइते भएका भारतीय केन्द्रीय रिजर्भ फोर्सका एक जवानले शनिबार ज्यान गुमाए सँगै यो मुठभेडमा ज्यान गुमाउनेको संख्या ६ पुगेको हो ।
भारतीय सुरक्षाकर्मीले हन्दवाडास्थित बाबा गुँड इलाकामा बिहीबार रातिदेखि चरमपन्थी लुकेको भनिएको घरमा भारतीय सुरक्षाकर्मीले बम हानेपछि जीवितै रहेका एकजनाले गोली बर्साएका थिए । त्यसक्रममा १० जन जवान घाइते भएका थिए ।
त्यसपछि भारतले भिडन्त भएको क्षेत्रमा मोबाइल इन्टरनेट सेवा पुरै बन्द गरिदिएको छ। शनिबार राति सिमानामा दुवै पक्षबीच गोलाबारी भएको बताइएको छ । ज्यान गुमाउनेमा सीआरपीएफका चार जवान र जम्मु-कश्मीर पुलिसका दुई जवान रहेका छन् । एजेन्सीको सहयोगमा