शक्तिशाली चक्रवात उत्तरतर्फ बढ्दै, सतर्क रहन मौसमविद्को आग्रह !

काठमाडौँ, मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीको दक्षिण पूर्वीभागमा भएको धेरै शक्तिशाली चक्रवात, फेनी, बिस्तारै उत्तर–पश्चिम दिशातर्फ बढिरहेको हुँदा देशको हिमाली भू–भागमा भारी हिमपात तथा पूर्वी र मध्यका केही स्थानका हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

यस समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

बङ्गालको खाडीको दक्षिण पूर्वीभागमा भएको धेरै शक्तिशाली चक्रवात, फेनी, बिस्तारै उत्तर–पश्चिम दिशातर्फ बढिरहेकोले यसको ठूलो प्रभाव नपरे पनि हिमाली भू–भागमा भारी हिमपात र पूर्वी तथा मध्यका केही स्थानमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएकाले मौसमविद्ले सचेत रहन आग्रह गर्दै वैशाख १८ गते एक विज्ञप्ती जारी गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले उक्त चक्रवात नेपालतर्फ आउने सम्भावना हालसम्म नदेखिएता पनि नेपालको पूर्वी र मध्य हिमाली भू–भागमा भारी हिमपात तथा प्रि–मनशुन भएकाले पूर्वी र मध्यका स्थानमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहने बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया