काठमाडौँ, बहुप्रतीक्षित मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन बैशाखबाट संचालनमा आउने बुझिएको छ । नेपाल आयल निगमका अमलेखगञ्ज डिपो प्रमुख प्रदीप यादवका अनुसार पाइपलाइन सञ्चालनमा आएसँगै इन्धन ढुवानी भाँडा कम हुनेछ । नत्र, वार्षिक इन्धन ढुवानी भाँडा करिब २ अर्ब रुपैयाँ लाग्ने गर्दछ ।
शुरुवातमा पाइपलाइनबाट डिजेल मात्र ल्याइने छ । पाइपलाइन संचालन संगै ढुवानी लागत न्यूनीकरणले पेट्रोलियम उपभोक्ता मूल्य समायोजन हुने बुझिएको छ ।
भारतीय सहयोगको यस परियोजनामा भारत सरकार स्वामित्वको भारतीय आयल कर्पोरेसन (आइओसी) ले कार्यान्वयन गरिरहेको छ । परियोजनाका इञ्जिनियर शरद प्रसाद पौडेलले भने, ‘ हाम्रो काम भनेको राइट अफ वे क्लीयरेन्स गरिदिने मात्र हो । ‘