काठमाडौँ / सरकारले वैदेशिक रोजगारपछि श्रम स्वीकृतिको अवधिमा नेपालमै रहँदा मृ त्यु हुने श्रमिकका आफन्तलाई पनि ७ लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ । अब बिदा वा करार अवधिमा नेपालमा रहँदा जसरी मृ त्यु भएपनि मृ तकका नजिकका नातेदारलाई सरकारबाट आर्थिक सहायता स्वरुप ७ लाख पाउने छन् । वैदेशिक रोजगार बोर्डको गत आइतबार सम्पन्न बैठकले वैदेशिक रोजगारीपछि नेपाल आएर मृ त्यु भएका श्रमिकका नाममा समेत आर्थिक सहायता दिने निर्णय गरेको छ ।
वैदेशिक रोजगारीका क्रममा अङ्गभङ्ग तथा बिरामी भएका ९८ कामदारको परिवारलाई आर्थिक सहायता वितरण गरिएको छ । त्यस्तै कामदारको परिवारका सात जनालाई औषधोपचार सहयोग उपलब्ध गराइएको छ । कामदारको परिवारको सदस्यलाई क्यान्सर, मिर्गौला, मुटु, पार्किन्सन र अल्जाइमर रोगको उपचारका लागि आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ । बोर्डले सामान्य अवस्थाका बिरामीलाई रु १५ हजार, मध्यम अवस्थाका बिरामीलाई रु ३० हजार र ग’म्भीर अवस्था भएमा प्रतिव्यक्ति रु ५० हजार उपलब्ध गराउँदै आएको छ ।
तीन महिनाको अवधिमा वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्यामा परेर विदेशी भूमिमा अलपत्र परेका १८ कामदारको उद्दारका लागि सम्बन्धित नियोगमा पत्राचार गरिएको बोर्डले जनाएको छ । विभिन्न कारणबाट गन्तव्य मुलुकमा मृत्युवरण गर्न पुगेका ४१ कामदारको श’व झिकाउन पत्राचार गरिएको छ ।
बोर्डले १८४ कामदारको श’व मृ’तकको घर ठेगानासम्म निःशुल्क ढुवानी गरेको छ । बोर्ड सचिवालयले मृतक कामदारको श’व निजको नजिकको हकवालाले दिएको निवेदनअनुसार घर ठेगानासम्म ढुवानी गर्दै आएको छ । वैदेशिक रोजगार नियमावाली, २०४६ (तेस्रो संशोधन)ले श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गएको कामदारको शव त्रिभुवन विमानस्थलबाट निजको घर ठेगानासम्म लैजान बोर्डले सहयोग गर्दै आएको छ । -रासस
त्यसैगारी नेपालमा नक्कली चामलको बिगबिगी देखिएको छ । नेपालभर पाइने भारतमा उत्पादित सोनाशक्ति ब्राण्डको चामल प्लाष्टिकको भेटिएपछि बिक्री वितरणमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय गोरखाले त्यस ब्राण्डको चामल तत्कालका लागि बिक्री नगर्न व्यवसायीहरुलाई आदेश गरेको छ ।
गोरखा नगरपालिका–६ का कृष्ण श्रेष्ठले बिहान खाना बनाइसकेपछि खाना खान लाग्दा उक्त ब्राण्डको चामल प्लाष्टिकको भएको खुल्न आएको थियो ।
उनले भने, ‘खाना खान लाग्दा अस्वाभाविक रुपमा फर्रर परेको देखियो ।
युट्यूबमा केही भिडियो हेरेको थिएँ, प्लास्टिकको चामल हो कि भन्ने शंका लागेर डल्लो बनाइ भुईँमा बजार्दा माथिसम्म उफ्रियो ।’
जिल्ला प्रशासन कार्यालयको टोलीले पकाइएको भातसहित चामलको नमुना संकलन गरेको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेल जानकारी दिनुभयो ।
यस विषयमा सरकारी पक्षले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।