काठमाडौँ, आईतबार दिउँसो काठमाडौँको दुई स्थान सुकेधारा र अनामनगरमा भएको ग्याँस सिलिन्डर विस्फोटमा परि मृत्यु हुनेको संख्या ३ पुगेका छन् ।
महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी हाेविन्द्र बाेगटीका अनुसार दुई विस्फोटमा ७ जना घाइते भएका छन् । सुकेधारामा एक जनाकाे मृत्यु र पाँच जना घाइते भएका छन् भने त्यसैगरी आनाम्नगरमा एक जनाकाे मृत्यु र तीन जना घाइते भएका छन् ।
मृत्यु हेन व्यक्तिको पहिचान खुल्न सकेको छैन भने घाइतेहरुको अस्पतालमा उपचार भैरहेका छन् ।
मृत्यु हुनेको नाम यस प्रकार छ :
- काभ्रे घर भएका कपन मिलनचोक बस्ने ४४ वर्षीय हरि खड्का
- कपन चुनिखेल घर भएका सुरेन्द्र महर्जन
- एकको नाम खुलिसकेको छैन