विष्णु पौडेल अपराधि होइन : सरकार प्रवक्ता !

फाइल फोटो

काठमाडौँ, बिहीबार मन्त्रिपरिषद बैठकका निर्णय सुनाउने क्रममा सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेल जग्गा खरिदमा ठगिएको बताएका छन् ।

साथै प्रधानमन्त्री निवास किनबेच नभएको र ललिता निवासको जग्गामा समस्या देखिएको हुँदा सत्यतथ्य छानविन गर्न सरकारले समिति बनाएको पनि उनले बताए ।

पौडेलको बचाउमा उनले भने, ‘ उहाँ फर्जीमा संलग्न भएको होइन नि। उहाँ अपराधी होइन, जग्गा रहेछ नक्कली ठगीमा पर्नुभयो । जसले जग्गा किन्यो त्यो संलग्न हुँदैन। उहाँलाई झुक्याइएछ नि ! ‘

सरकारले त्यस जग्गा रोक्का गरिसकेको बताउँदै उनले भने, ‘ व्यक्तिलाई डाम्छु भनेर लाग्नुहुन्छ भने केही छैन। सरकारले जग्गा रोकेर एक्सन गरिसक्यो । उहाँ आफू पीडित भइसक्नुभयो जग्गा परेछ नक्कली। यहाँ भन्दा अरु केही हुन्न । ‘

साथै उनले भने, ‘ म संलग्न छैन भनेर् महासचिवले वक्तव्य जारी गरिसक्नुभएको छ। तर दोषी देखिए कोही पनि उम्कदैन। सत्ता र प्रतिपक्षी होइन, दोषी देखिए सरकारी जग्गा सरकारले आफ्नो मातहत ल्याउँछ । ‘

फेसबुकबाट तपाईको प्रतिक्रिया